विराटनगर । नेकपा एमाले मोरङ जिल्ला कमिटीमा मनोनित सदस्यसहित लेखा आयोगका अध्यक्ष र सदस्यहरूले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मंगलबार पार्टी कार्यालय पाञ्चालीमा जिल्ला कमिटी अध्यक्ष अजम्बर राईले मनोनितहरूलाई सपथ ग्रहण गराएका छन् ।
अध्यक्ष राईले एमालेको जीवनकालमा अनेकौं पटक पार्टी विभाजनको अवस्था उत्पन्न भएको भए पनि कार्यकर्ताहरूको दृढताले अहिलेसम्म बलियो राजनीतिक शक्तिका रुपमा स्थापित हुँदै आएको बताए ।
उनले पार्टी निर्णयभन्दा बाहिर गएर कसैले पनि गतिविधि गर्न नहुने र मिसन ८४ का लागि जुट्नका लागि आग्रह गरे ।
एमाले जिल्ला कमिटीको २०८२ साउन १५ गते बसेको पूर्ण बैठकले जिल्ला कमिटीमा ११ जनालाई मनोनित गरेको थियो । त्यसैगरी विधानअनुसार लेखा समितिको अध्यक्षमा जीवन काफ्ले र सचिवमा अन्तिमकुमार आचार्य र अन्य सदस्यहरू मनोनित गरेको थियो ।
केन्द्रीय कमिटी सदस्य रामलाल साहको उपस्थितिमा आयोजित सपथ ग्रहण कार्यक्रममा जिल्ला कमिटीका उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापा, सहसचिव सन्तोष बान्तवा र उषा झा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
View : 349
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved