धनकुटा । कोशी राजमार्ग अन्तरगत धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट ४५९ किलो ९६५ ग्राम लागुऔषध गाँजा बोकेको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
भेडेटार नजिकै सडक छेउमा शंकास्पद अवस्थामा रहेको ना.४च ६४७४ नम्बरको एम्बुलेन्स चेकजाँचको गर्दा एम्बुलेन्सभित्र प्लास्टिकको पोकामा ४ सय ५९ किलो ९६५ ग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
आइतबार राती ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले उक्त गाँजासहितको एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।
गाँजा ओसारपसारमा संलग्न व्यक्ति फरार रहेकोले खोजी भईरहेको प्रहरीले जनाएको छ । यस राजमार्गबाट विगतदेखि नै एम्बुलेन्सलाई प्रयोग गरेर गाँजा ओसारपसार हुँदै आएको छ । प्रहरीले पनि ठुलो परिमाणमा गा“जा बरामद गरिसकेको छ ।
View : 178
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved