Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग विभागका महानिर्देशकसँग छलफल

उद्‌घोष संवाददाता
१ फागुन २०८२, शुक्रवार

विराटनगर । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेत लगायतका प्रतिनिधिहरु र संगठनका पदाधिकारीहरु वीच उद्योग व्यवसाय क्षेत्रका विविध विषयहरुका बारेमा बिहीबार संगठनको सचिवालयमा छलफल भएको छ । 

छलफलमा संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्योग व्यवसाय क्ष्ँेत्र वर्तमान समयमा असहज अवस्थाबाट गुज्रिरहेको वताउदै सहज सञ्चालनमा देखिएमा वाधा र अडचनलाइ फुकाउन विभागलाई  आग्रह गरे । 

उनले युवाहरुलाई स्वदेशमा बस्ने वातावरण वनाउन स्टार्टअपहरुको विकास र विस्तारमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिए । 

विभागका महानिर्देशक जितेन्द्र वस्नेतले सरकारले पर्यटन, एग्रो प्रोसेसिङ, जलविद्युत, उत्पादनमूलक उद्योग, सूचना प्रविधि जस्ता क्षेत्रलाई केन्द्रित गरेको बताए । 

उनले स्टार्टअपहरुलाई सहज रुपले व्यवसायीक विकास गर्न सहयोग पुर्याउन आगामी दिनमा विजनेश इन्क्यूवेशन सर्भिस प्रारम्भ गर्ने योजना रहेको जानकारी दिए ।

संगठनका उपाध्यक्ष्ँ विपिन कावराले बैंक तथा वित्तिय संस्थामा लगानीका लागि यथेष्ट रकम भएता पनि उद्योगमा लगानी नभईरहेकाले आगामी दिनमा लगानी गर्न ईच्छुक व्यावसायीलाई कुनैपनि क्ष्ँेत्रमा सीमित नगरी लगानीका लागि सहज वातावरण वनाउनुपर्ने धारणा राखे । 

संगठनका कार्यसमिति सदस्य एवं स्टार्टअप तथा विजनेश इन्कुबेशन समितिका संयोजक प्रतीक राउतले युवाहरुलाई उद्यमशिलतातर्फ अभिप्रेरित गर्न औद्यागिक विकासको पूर्ण ईको सिस्टम तयार गर्न सरकारले नीजि क्षेत्रसँग सहकार्य गरेर अघि वढ्नु पर्ने धारणा राखेका थिए ।

View : 101

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved