Biratnagar, Morang, Nepal
२९ पुष २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

चिकित्सक संघ कोशीको पद हस्तान्तरण

उद्‌घोष सम्वाददाता
१७ साउन २०८१, बिहिवार

विराटनगर । नेपाल चिकित्सक संघ, कोशी प्रदेश समितिको नयाँ नेतृत्वको पद हस्तान्तरण समारोह बुधबार सम्पन्न भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, विराटनगरका मेयर नागेश कोइरालालगायतको उपस्थितिमा नयाँ पदाधिकारी एवम् सदस्यहरुलाई प्रमाणपत्र वितरणका साथ पदहस्तान्तरण  कार्यक्रम सम्पन्न भएको हो । 

नवगठित तेह्र सदस्यीय समितिको  अध्यक्षमा डा राजेन्द्र चौधरी, वरिष्ठ उपाध्यक्षमा डा. नवीनकुमार कर्ण, उपाध्यक्षमा डा शिलावन्त सेन श्रीवास्तव, महासचिवमा डा. बालकृष्ण साह, सहसचिवमा डा. रामकुमार यादव, कोषाध्यक्षमा डा. सुनिल रेग्मी र सहकोषाध्यक्षमा डा. तेजेन्द्र कार्की छन् ।

सदस्यहरुमा डा. कोपिला अग्रवाल, डा. प्रेक्षा दली, डा. अमरकुमार यादव, डा. रितेशकुमार सिंह, डा. जीवनाथ धमला र डा. राजाबाबु मण्डल छन् । सो अवसरमा  अध्यक्ष डा फरवार्ड सिलवालले डा राजेन्द्र चौधरीको नयाँ  नेतृत्वलाई पद हस्तान्तरण गरेका हुन् ।

View : 183

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved