विराटनगर . पूर्वाञ्चल विश्वविद्यालय विज्ञान प्रविधि संकाय अन्तर्गत पूवि स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी (पुस्याट) ले पाँच दिने तथ्याङ्क अनुसन्धानका लागि आर प्रोग्रामिङ तालिम बिहीबारबाट सुरु गरेको छ । तथ्याङ्कविद विजयलाल प्रधान प्रशिक्षक रहेको सो तालिममा पूविका ४२ जना पूर्णकालिन प्राध्यापकहरु सहभागी छन् ।
पूर्वाञ्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि संकायले आयोजनामा प्राध्यापकको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्यले तालिम आयोजना गरिएको सहप्राध्यापक नरेशकुमार शाहले बताए ।
निमित्त डीन मनोज हलुवाईको संयोजकत्वमा भएको तालिममा अजयकुमार साह, गोपालप्रसाद शर्मा, राखी वर्मा श्रीवास्तव, अनिलकुमार यादव, राकेश ठाकुर, डा धर्मेन्द्रकुमार सिंह, ई रामनारायण बिच्छा, सन्नीकुमार साह,मोहित नाथ, डा निरजकुमार मिश्र, नीता प्याकुरेल, प्रशान्तकुमार लाल, विष्णुदेव मण्डल लगायत सहभागी छन् । तालिम विराटनगरस्थित कन्या मार्ग स्थित पुस्याटमा पाँचैदिन हुने जनाइएको छ ।
View : 590
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved