विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी (सीमा) मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई असार महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ ।
प्रहरी निरीक्षक चौहानले भद्रपुर नगरपालिका–५ मा चेकजाँचको क्रममा ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर सहित कार र एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको, भद्रपुर नगरपालिका–७ मा ६ राउण्ड गोली फायर गरी २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित २ जना व्यक्तिलाई नियन्त्रणमा लिएका थिए ।
झापा गाउँपालिका–४ स्थितमा चेकजाँचको क्रममा साइकलको चक्काभित्र १६७ ग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लिन सफल भएका थिए ।
त्यसैगरी प्रहरी नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ का एक व्यक्तिलाई ज्यान मारी फरार रहेको प्रतिवादीलाई सोही दिन पक्राउ गरेका थिए ।
साथै कर्तब्य ज्यान मुद्दामा जन्म कैद सजाय भएका तथा अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीहरूलाई पक्राउ गर्नुका साथै लागूऔषध दुव्र्यसन नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेका कारण सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
View : 423
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved