Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राजनीति

मोरङ–६ मा रास्वपाको अग्रता कायमै

निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराभन्दा चार गुणा मतले अगाडि
उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

Advertisement

विराटनगर । मोरङ क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रुबिना आचार्यको अग्रता कायमै छ । उनी निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराभन्दा चार गुणा मतले अगाडि छिन् ।

निर्वाचन अधिकृतको कार्यालय मोरङले पछिल्लो पटक जारी गरेको विवरणअनुसार सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबिना आचार्यले ९ हजार ५०४ मत प्राप्त गरेकी छन् ।  

नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालाले २ हजार १२८ मत पाएका छन् भने नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार विनोदकुमार ढकालले २ हजार ७०० मत पाएका छन् । श्रम संस्कृति पार्टीकी उम्मेदवार मातृका पौडेलले २हजार २० मत  पाएका छन् भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार ओपेन्द्रकुमार रायले तीन सय ६६ मत पाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार सविन निरौलाले तीन सय ६६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले १६, सार्वभौम नागरिक पार्टीले ४३ मत पाएका छन् । त्यसैगरी जम्मा गनिएको १७ हजार छ सय ३८ मतमध्ये एक हजार ६८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

View : 172

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved