विराटनगर । कोशी प्रदेशको मतगणना सुरु हुन बाँकी रहेको संखुवासभामा सर्वदलीय बैठक सकिएको छ । अब केहिबेरमै मतगणना सुरु हुने प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिइन् ।
भोटखोला गाउँपालिकाको भोटखोला गाउँपालिकाको थुराङ मतदान केन्द्रबाट शनिबार विहान साढे ८ बजेमात्रै मतपेटिका सदरमुकाम खाँदबारी आइपुगेको उनले बताइन् । खराब मौसमका कारण हेलिकप्टर जान नसक्दा मतपेटिका संकलनमा कठिनाई व्यहोर्नु परेको जानकारी दिइन् ।
‘खराब मौसमले हेलिकप्टर पठउान नसक्दा भोटखोलाको थुराङबाट मतपेटिका आज विहान साढे ८ बजेमात्रै आइपुग्यो’ उनले भनिन्, ‘सर्वदलीय बैठक भर्खरै सकिएको छ, अब केहिबेरमै मतगणना हुने तयारी छ ।’
एक निर्वाचन क्षेत्र रहेको संखुवासभामा एक स्वतन्त्रसहित १६ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।
एक लाख १९ हजार ६३० मतदाता रहेको संखुवासभामा ५३।१९ प्रतिशत अर्थात ६३ हजार ६३४ मत खसेको थियो ।
यहाँ नेकपा एमालेबाट डा.अर्जुन कुमार कार्की, नेपाली कांग्रेबाट दिपन कुमार श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीबाट सरिता थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङमा शेर्पा र श्रम संस्कृति पार्टीबाट उत्तम कुमारी राई लगायतका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।
View : 40
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved