Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

शिक्षादीपका अब्बल विद्यार्थीहरू नगदसहित सम्मानित

उद्‌घोष संवाददाता
१ फागुन २०८२, शुक्रवार

विराटनगर । विराटनगरको उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित भइसकेको शिक्षादीप कलेजले विभिन्न परीक्षामा उत्कृष्ट नतिजा ल्याउने अब्बल विद्यार्थीहरूलाई शुक्रबार सम्मानित गरेको छ । कलेजले ती विद्यार्थीहरूलाई नगदसहित सम्मानित गरेको हो ।

कलेजको कक्षा ११ र १२ तर्फको नियमित आन्तरिक परीक्षादेखि इन्जिनियरिङ र एमबीबीएस तयारीसम्बन्धि परीक्षा, चित्रकला प्रदर्शनी, विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका १२५ जना विद्यार्थीहरूलाई सम्मानित गरेको जनाइएको छ । 

कलेजका प्राचार्य ज्ञानबहादुर खड्का, मुख्य निर्देशक रमेशकुमार मण्डल, विज्ञान संकायका कोअर्डिनेटर नविन राय, कलेजका निर्देशकहरू राजेन्द्रप्रसाद यादव, भूपेन्द्र दाहाल, रामचन्द्र अधिकारी, दयानन्द सिंह, डा. ललितनारायण मण्डल, ऋतुराज रेग्मी, अनिलकुमार दास, नारायण रेग्मी लगायतले उत्कृष्ट विद्यार्थीहरूलाई मालासहित प्रमाणपत्र र नगद रकम प्रदान गरेका हुन् ।

प्राचार्य खड्काले अझैपनि धेरै परीक्षाको खुड्किलाहरू बाँकी रहेकोले मेहेनतका साथ अध्ययन गर्न विद्यार्थीहरूलाई आग्रह गरे । उनले कलेजमा नियमित आन्तरिक परीक्षामा ८० प्रतिशत बढी अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन स्वरुप सम्मानित गर्दै आएको जानकारी दिए । 

सम्मानित हुनेहरूमा चित्रकला प्रतियोगितातर्फ प्रथम भएकी सनम झा, दोस्रो हुने अपेक्षा राई र सान्त्वना हुने खुशी सोनी रहेका छन् । सोही अवसरमा जिल्ला स्तरीय क्रिकेट र बास्केट बलमा ‘फस्ट रनरअप’ हुने कलेजको खेलाडी टोलीका विद्यार्थी खेलाडीलाई सम्मानित गरिएको छ ।

आन्तरिक परीक्षातर्फ कक्षा ११ मा उत्कृष्ट नजिता ल्याउने सुबोध साह (९२ प्रतिशत), एलिशा सापकोटा (९१.२९ प्रतिशत), युवसन बस्नेत (९०.४२ प्रतिशत) र प्रिति देव (९० प्रतिशत) लगायतका विद्यार्थी सम्मानित भए ।

त्यस्तै, कक्षा १२ मा सर्वाधिक अंक ल्याउने सिरिन भट्टराई (९५.४४ प्रतिशत), सकिल अहमद हक (९५.११ प्रतिशत), समिर डोटेल (९२.७१ प्रतिशत), सौगात सुवेदी (९१.८८ प्रतिशत) र सामा अजुम (९०.६७ प्रतिशत) पनि नगद पुरस्कारसहित सम्मानित भएका थिए । 

View : 118

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved