विराटनगर : महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको स्नातकोत्तर तह प्रथम वर्षका विद्यार्थीलाई प्रदान गरिदै आएको सगुन स्मृति छात्रवृत्ति यस वर्ष राधिका बुढाथोकीलाई प्रदान गरिएको छ ।
विसं २०७९ को परीक्षामा एमएस्सी प्रथम वर्षमा उत्कृष्ट अंक ल्याउने बुढाथोकीलाई सो छात्रवृत्ति प्रदान गरिएको हो ।
क्याम्पस प्रमुख डा रामावतार शरण, सहायक प्रमुख उमेश यादव, रसायनशास्त्र विभाग क्याम्पस एकाईंका प्रमुख प्राडा अजय भट्टराई, अक्षयकोष संरक्षक टीकाराम राईले सो छात्रवृत्ति प्रदान गरेका थिए ।
विसं २०७४ सालदेखि प्रदान गर्दै सो छात्रवृत्ति यसभन्दा अगाडि पवन शाह,अरुश भट्टराई, सरुपा अधिकारी, संगीता लिम्बू र प्रतिमा राजवंशीले पाइसकेका छन् । छात्रवृत्तिको राशी १८ हजार नगद रहेको छ ।
महेन्द्र मोरङ क्याम्पसमा रसायनशास्त्र स्नातकोत्तर अध्ययन गरिरहेकी सगुन राईको २०७४ साल जेठमा निधन भएको थियो । उनकै स्मृतिमा उनका अभिभावकले अक्षयकोष खडा गरी सोको व्याजबाट प्रत्येक वर्ष छात्रवृत्ति प्रदान हुँदै आएको छ ।
View : 208
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved