विराटनगर । विराटनगर–९ स्थित हिमालय दर्शन कलेजमा नेशनल सस्टेनेबल टुरिजम क्लब गठन भएको छ । युएनडीपी, नेपाल पर्यटन बोर्ड र सस्टेनेबल टुरिजम फर लाइभलिहुड रिकभरी प्रोजेक्टको सहकार्यमा आयोजित एक कार्यक्रमका बिच क्लब गठन भएको हो ।
टिआरटिआइ नेपालका संयोजक लक्ष्मी प्रसाद बुढाथोकीको सहजिकरण तथा कलेजका निर्देशक शैलेन्द्र सिवाकोटी र भेषराज पोखरेल, क्याम्पस प्रमुख भरत सापकोटा, कोअर्डिनेटर भुपाल मिश्र, कुशल निरौला र अञ्जु भुजेलको उपस्थितिमा बीएचएममा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा क्लब गठन भएको जनाइएको छ ।
कार्यक्रममा विद्यार्थीहरु बीच आयोजित वक्तृत्वकला प्रतियोगितामा एलिसा खवास प्रथम भइन् । विश्वास न्यौपाने दोस्रो र आस्था सिवाकोटी तेस्रो भएका थिए । उनीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।
उक्त अवसरमा सहभागी विद्यार्थीहरूले गीत तथा नृत्य समेत प्रस्तुत गरेका थिए । हिमालय दर्शन कलेजले विद्यार्थीहरूको प्रतिभा विकास तथा राष्ट्रिय पहिचानमा सहभागिता सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको जनाइएको छ ।
कोशी प्रदेशकै अब्बल कलेजको रुपमा पहिचान बनाइसकेको यस कलेजमा वीएचएम, वीआइएम, वीसीए, वीवीएस र विएससी सिएसआइटी पढाइ भइरहेको जनाइएको छ ।
View : 165
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved