Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

विराटनगर आँखा अस्पतालको बंगलादेशमा  शिविर

उद्‌घोष सम्वाददाता
१२ मंसिर २०८०, मङ्गलवार

विराटनगर : विराटनगर आँखा अस्पतालले  बंगलादेशको आँखा  शिविर सञ्चालन गरेको छ ।

बंगालादेशको लालमोनिया हाटमा अस्पतालबाट गएको टोलीले शिविर सञ्चालन गरिरहेको विराटनगर आँखा  अस्पतालका प्रबन्धक कुमार पृथुले जानकारी  दिए । बंगलादेशको स्थानीय सरकारसँगको समन्यवमा अन्य विझिन्न स्थानमा आँखाको शल्यक्रियासहितको  शिविर सञ्चालन गर्ने कार्यत्रम तय भएको उनले बताए  ।

पहिलो चरणमा पाँच जना चिकित्ससहितको टोली  शिविरका लागि बंगलादेश पुगेको हो ।

फागुन–चैतमा अर्को टोली पुनः जाने तयारी छ । पृथुका अनुसार बंगलादेशको नेपाल स्थित दुताबासमार्फत नेत्र ज्योति संघमा प्रस्ताव आएपछि आँखा उपचारका लागि शिविर सञ्चालनको सम्झौता पनि भएको छ । विराटनगर आँखा अस्पतालको बंगलादेशमा गरिएको यो पहिलो आँखा शिविर भएको र पुसमा अर्को टोली त्यसतर्फ जाने जनाइएको छ ।

सात दिनको क्याम्पका लागि अस्पताल प्रबंधक कुमार पृथु, अस्पतालका नेत्र विशेषज्ञ डा प्रज्ञ लुइाटेल, आउटरिच कोर्डिनेटर मो. रफिक, सुपरभाइजर दीपेन्ऽ चौधरी, विद्यानन्द चौधरीलगायतको टोलीले बंगलादेश पुगेको हो ।

१७ वर्षअघि विराटनगरको रानीमा स्थापना  भएको विराटनगर आाखा अस्पतालमा नेपालसागै भारत तथा तेस्रो मुलुकबाट विरामी उपचारका लागि आाउने गरेका छन् ।

विराटनगर आाखा अस्पतालमा गत वर्ष मात्रै ६ लाख विरामी उपचारका लागि आएका थिए । ती मध्ये  करिब चार प्रतिशत आाखाका विरामी बंगलादेशबाट आएको प्रबन्धक पृथुले बताए ।
गत वर्ष  ६ लाखको करिब ४२ प्रतिशत विरामी भारतबाट आएका थिए । गतवर्ष ६ लाख बिरामीको आाखा परीक्षण गरेको अस्पतालले ७० हजार जनाको  शल्यक्रिया गरेको थियो ।

View : 156

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved