Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

हाटखोला मजदुरको अध्यक्षमा सुरेन्द्र

उद्‌घोष सम्वाददाता
१ पुष २०८०, आइतवार

विराटनगर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन विराटनगर हाटखोला बसपार्कको शनिबार सम्पन्न साधारणसभाले सुरेन्द्र रायको अध्यक्षतामा १३ सदस्ययी नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विशन पुरी, सचिव देबेन्द्र निरौला, सहसचिवमा सकिचन्द गिरी, कोषाध्यक्षमा समिम अन्सारी, सदस्यहरुमा सुरज खनाल, बिक्रम उपरकोटी, मनिस दास, सोनु खान, प्रदीप भुजेल, सुबोध ठाकुर, देव तामाङ र मञ्जईकुमार राजवंशी छन् ।

लामो समयदेखि हाटखोला समितिको अधिवेशन हुन नसकेको अवस्थामा नयाँ समितिले नयाँ जिम्मेवारी पाएको निवर्तमान अध्यक्ष श्याम ठाकुरले बताए । 

ठाकुर प्रदेश समितिमा नियुक्त भएपछि साधारणसभा गरिएको हो । समितिका पदाधिकारीलाई बधाई दिंदै संगठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले यातायातले विश्वलाई जोडेकाले मजदुर पनि विश्वभर एक हुनु पर्ने बताए ।

सुनौलो पूर्व नेपाल यातायात कम्पनीका उपाध्यक्ष प्रकाश कार्कीका अनुसार हाटखोला बपपार्कबाट चल्ने बसहरुमा आवद्ध सय भन्दा बढी मजदुर छन् । हाटखोलामा मजदुर संगठन मात्रै रहेको छ ।

View : 265

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved