Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

२४ योग शिक्षक दीक्षित

उद्‌घोष संवाददाता
२६ माघ २०८१, शनिवार

विराटनगर । पतञ्जली योग समिति  नेपालको आयोजना तथा  ज्येष्ठ नागरिक योग ध्यान केन्द्र वीर-११ को समन्वयमा भएको सह-योग शिक्षक तालिमबाट २४ जना दीक्षित भएका छन् ।

सो प्रशिक्षणमा उत्कृष्ट लक्ष्मी अधिकारी, यमुना कोइराला, राम खेलौन मेहतालाई पुरस्कृत गरिएको छ ।

प्रशिक्षार्थीीहरूलाई कोशी प्रदेश सभा सदस्य भीम पराजुली, पतञ्जली योग  समिति कोशी  प्रदेश प्रमुख मिस्टरप्रसाद चौधरी, सचिव शोभा कोइराला, पतञ्जली  प्रमुख सुरेश अग्रवाल, पतञ्जली मोरङ महिला अध्यक्ष लक्ष्मी चौधरी,  महानगर उपाध्यक्ष कुमारी तामाङ, विराटनगर-११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । 

सो अवसरमा  जेष्ठ नागरिक केन्द्रका अध्यक्ष अर्जुन भट्टराई,  मोरङका बरिष्ठ कविराज बैजनाथ  साह, इन्द्र खतिवडा, लगायतको उपस्थिति थियो ।

View : 495

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved