Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

भोजपुरमा ट्याक्टर दुर्घटनामा चालक र सहचालकको मृत्यु

उद्‌घोष संवाददाता
१५ कार्तिक २०८२, शनिवार

विराटनगर । ट्याक्टर दुर्घटनामा परी भोजपुरमा चालक र सहचालकको मृत्यु भएको छ । 

षडानन्द नगरपालिका–४ दुबेस्थित चाम्लादाङबाट सदरमुकाम दिङ्ला जाँदै गरेको प्रदेश १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर शनिबार दुर्घटना हुँदा चालकसहति दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ । अन्य चारजना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक राजु लामाका अनुसार मृत्यु हुनेमा चालक २५ वर्षीय आइतबहादुर तामाङ र भोजपुरको अरुण गाउँपालिका–४ का १७ वर्षीय सहचालक नवीन तामाङ रहेका छन् ।

उक्त ट्याक्टरमा सवार दाछिरी शेर्पा, अम्बर तामाङ, सागर तामाङ र सुनिता तामाङ घाइते भएका छन् । घाइतेहरूको षडानन्द नगर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गुडिरहेको अवस्थामा ट्याक्टर आफैं अनियन्त्रित भएर सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

View : 255

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved