विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होमले विश्व मुटु दिवस मनाएको छ । अस्पतालले आइतबार सचेतनामुलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाएको हो ।
विश्व मुटु दिवसको अवसर पारेर अस्पतालले आइतबार निःशुल्क मुटुको बहिरङ सेवा दिएको थियो । त्यसैगरी बहिरङ सेवा (ओपीडी) मा हेरेको विरामीको ल्याबमा पनि १५ प्रतिशत छुट दिएको बताइएको छ ।
अस्पतालले सचेतनामुलक कार्यक्रम पनि आयोजना गरेको छ । विराट शिक्षण अस्पतालका प्राडा प्रशान्त साहले पछिल्लो समय नेपालमा मुटुसँग सम्बन्धित समस्या बढ्दै गएको बताए ।
कतिपय कलिलो उमेरमै मुटुरोगबाट पीडित छन् भने कति हृदयघातको सिकार भएको उनले बताए ।
तनाव कम गर्ने बहानामा मद्यपान, धुम्रपान, निद्रा लाग्ने औषधि सेवन गर्ने गरिएको छ । यसले मुटुलाई सोझै असर गर्छ,’ उनले भने ।
प्रत्येक वर्ष २९ सेप्टेम्बरका दिन विश्व मुटु दिवस मनाउने चलन छ । यस वर्ष विश्वभर काम गरौं, मुटु बचाऊँ भन्ने नाराका साथ विश्व मुटु दिवस मनाइँदै छ ।
View : 89
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved