विराटनगर । कोशी प्रदेश सरकारले सिटी रिक्सा चालकले लिखित परीक्षा दिनु नपर्ने बरु ट्राफिक प्रहरीसँग प्रशिक्षण लिनुपर्ने व्यवस्थासहित प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली संशोधन गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली २०८२ मा दोस्रो संशोधन गरी यस्तो व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।
उनले संशोधित नियमावलीले सिटी रिक्सा चालकले लिखित परीक्षा दिनु नपर्ने, ट्राफिकसँग ट्राफिक नियमसम्बन्धी प्रशिक्षण लिनुपर्ने र स्थानीय पालिकामा सार्वजनिक सवारी साधनहरूले पञ्जीकृत हुनु नपर्ने व्यवस्था गरिएको बताए ।
नियमावली स्वीकृत भएसँगै यातायात क्षेत्रमा रहेको विकृति विसंगति नियन्त्रण गर्न अझ सजिलो हुने दाबी गरे ।
मन्त्री भण्डारीले नियमावली संशोधन पछि सिटी रिक्साको लाइसेन्स प्रक्रिया, त्यसको दर्ता प्रक्रिया र लाइसेन्स लिने प्रक्रियामा ठूलो सुधार हुने बताए ।
मन्त्रिपरिषद् बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ लाई प्रतिस्थापन गर्न बनेको विधेयक २०८२ र सामाजिक संघसंस्था ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई कोशी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको जनाइएको छ ।
त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा कामकाजमा खटाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको मन्त्री भण्डारीले बताए ।
View : 389
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved