Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

भोटेकोसीमा इभी खसेपछि खोजी तथा उद्धारमा हौसला दिन भन्दै पुगे गृहमन्त्री

उद्‌घोष संवाददाता
१० साउन २०८३, आइतवार

बेपत्ता इभी र चालकको खोजीका लागि खटिएको नेपाली सेनाको उद्दार टोली ।

Advertisement

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र त्यसका चालकको खोजीमा परिचालन भएका सुरक्षाकर्मीलाई हौसल दिन गृहमन्त्री सुदन गुरुङ घटनास्थलमा पुग्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार स्थलगत निरीक्षणपछि १० वटा ड्रोनसहित तीनवटै सुरक्षा निकायका कर्मचारी गोताखोरका साथ चालक कालिका गाउँपालिका–३ तल्लो धारापानीका २२ वर्षीय सविन तामाङको खोजीमा परिचालन भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले खोज तथा उद्धारको समन्वय गरिरहेको छ ।

दुर्घटनास्थल गहिरो खोँच, धमिलो पानी र नदी किनारका विशाल चट्टानले खोजी तथा उद्धारमा चुनौती थपेका समितिले जनाएको छ ।

View : 38

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved