Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

श्रीगणेश सहकारीको साधारण सभा

उद्घोष सम्वाददाता
११ कार्तिक २०८१, आइतवार

विराटनगर । विराटनगर–७ मा स्थित श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ । 

संस्थाका अध्यक्ष दिनेशकुमार जोशीको अध्यक्षतामा भएको साधारण सभामा ७० वर्षमाथिका १४ जना ज्येष्ठ सदस्यहरूलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको छ । 

त्यसैगरी शैक्षिक कार्यक्रम अन्तर्गत शेयर सदस्यका एसईईमा उत्कृष्ट अंक ल्याउने युलिन कार्की र विधान प्रधानाङ्ग, १०+२ मा उत्कृष्ट अंक ल्याउने विविध प्रधानाङ्ग र स्नातक तहमा उत्कृष्ट अंक ल्याउने सिद्धिका खडकालाई पुरस्कृत गरिएको थियो । 

संस्थाका तर्फबाट उत्कृष्ट बचतकर्तामध्ये रेणुका जोशी र विमलाकुमारी कठायत पाण्डे, असल ऋणीहरू अनुराधा साह र सुनिल रजकलाई सम्मान गरिएको संस्थाका व्यवस्थापक अर्जुन जोशीले बताए । 

सो अवसरमा २०८०÷०८१ को प्रतिवेदन सर्वसम्मत रुपले पारित गरिएको थियो ।

View : 66

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved