Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

विराटनगरमा दोस्रो राष्ट्रिय डोरी तान प्रतियोगिता हुँदै

उद्घोष सम्वाददाता
१२ फागुन २०८०, शनिवार

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको राष्ट्रिय डोरी तान प्रतियोगिता हुने भएको छ । नेपाल डोरी तान संघ केन्द्रीय समितिसँगको समन्वय तथा कोशी प्रदेश समितिको आयोजनामा फागुन १८ र १९ गते हुने दोश्रो राष्ट्रिय ‘टग अफ वार’ प्रतियोगिता हुन लागेको जनाइएको छ । 

संघकी कोशी प्रदेश अध्यक्ष रिता न्यौपानेले विभिन्न जिल्ला र प्रदेश हुँदै छानिएर आएका ७ प्रदेशका ७ टोली तथा ३ विभागीय टोलीसहित १० वटा टोलीले प्रतियोगितामा प्रतिष्पर्धा गर्ने जानकारी दिइन् । 

प्रतियोगिता महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा हुने जनाइएको छ । प्रतियोगिताको विजेता टोलीले नगद एक लाखसहित मेडल, शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने न्यौपानेले बताइन् । त्यसैगरी उपविजेता टोलीले नगद ५० हजार पाउने जनाइएको छ ।

प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्रकुमार कार्की र समापन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङबाट हुने जनाइएको छ । प्रतियोगिता आयोजना गर्न करिव १९ लाख खर्च हुने अनुमान गरिएको कोशी प्रदेश अध्यक्ष न्यौपानेले बताइन् ।

राष्ट्रिय स्तरको प्रतियोगिता कोशी प्रदेशमा पहिलो पटक हुन लागेको नेपाल डोरी तान संघका केन्द्रीय उपाध्यक्ष डा.सुवासश्री पोखरेलले बताए । पहिलो प्रतियोगिता गत वर्ष काठमाडौंको तारकेश्वर नगरपालिकामा आयोजना गरिएको थियो ।

डोरी तान प्रतियोगितामा कोशी प्रदेशको टोलीलाई निकै बलियो दाबेदार मानिने गरिएको छ । कोशी प्रदेशबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धाहरूमा सहभागी हुने टोली उत्कृष्ट नजिता ल्याउँदै आएका छन् ।

View : 327

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved