विराटनगर । विराटनगर महानगरपालिकाको समन्वयमा स्थानीय तहका कर्मचारीका लागि कार्यालय सञ्चालन तथा व्यवस्थापन विषयक सेवाकालीन प्रशिक्षण सुरु भएको छ ।
प्रशिक्षणको एक समारोहका बीच विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ललितपुरको आयोजनामा सुरु भएको प्रशिक्षण ३० दिनसम्म सञ्चालन हुनेछ ।
तालिममा विराटनगर–१२ सहित कोशी प्रदेशका १२ वटा पालिकाका ८० जना सहायकस्तर चौथो र पाँचौं तहका कर्मचारीहरुको सहभागिता रहेको महानगरकी सूचना अधिकृत अनिता कोइरालाले जानकारी दिइन् ।
तालिममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक तथा अनुसन्धान अधिकृत बुद्धिप्रसाद घिमिरे र लेखा अधिकृत सन्तलाल श्रेष्ठले सहजीकरण गर्नेछन् ।
View : 52
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved