Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कैदीबन्दी भाग्न खोजेको सुईँको पाएपछि मोरङ कारागारमा प्रहरीद्वारा हवाई फायर

उद्‌घोष संवाददाता
२५ भदौ २०८२, बुधवार

विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा प्रहरीले हवाई फायर गरेको छ ।

देशभरका विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि मोरङमा पनि प्रहरीले बुधबार विहानैदेखि निगरानी गरिरहेको जनाएको थियो ।

अपरान्हतिर कैदीबन्दीले होहल्ला गरेपछि सुरक्षामा खटिएको प्रहरीले हवाई फायर गरेको जनाइएको छ ।

केही कैदीबन्दीले कारागारभित्रको गेट समेत तोडफोड गर्न खोजेको सुरक्षा निकायको भनाई छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर गरेको छ । ठुलो संख्यामा कारागारमा प्रहरी परिचालन गरिएकोले स्थिति पूर्ण रुपमा नियन्त्रणमा रहेको जनाइएको छ ।

View : 401

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved