Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

देशका अधिकांश भागमा आज मौसम सफा

उद्‌घोष संवाददाता
२५ मंसिर २०८२, बिहिवार

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।

बिहीबार दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

महाशाखाका अनुसार आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँ उपत्यकामा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ ।

View : 292

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved