७४औं मदन भण्डारी जन्म जयन्ती
विराटनगर । जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्ती तथा वृक्षारोपण दिवसको अवसरमा नेपाली कांग्रेस संसदीय दल कोशीका नेता एवं पूर्व मुख्यमन्त्री उद्धव थापाले समेत वृक्षारोपण गरेका छन् ।
शनिबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको निवासको प्राङ्गणमा मुख्यमन्त्री कार्कीसँगै थापाले पनि
सो अवसरमा मुख्यमन्त्री कार्कीले वृक्षारोपणले पर्यावरण र वातावरण संरक्षणमा सहयोग पुग्ने बताए ।
उनले नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनमा मदन भण्डारीको योगदान महत्वपूर्ण रहेको भन्दै जन्मजयन्तीमा वृक्षारोपण गर्न पाउनु महत्वपूर्ण अवसर भएको बताए ।
नेपालको राजनीतिक परिवर्तनका लागि मदन भण्डारीले खेलेको नेतृत्वदायी भूमिका संसारका लागि उदाहरणीय भएको बताए ।
सो योगदानका कारण नेपालको कम्युनिष्ट आन्दोलनले नयाँ उचाइ प्रदान गरेर सधैं स्मरणीय बनाएको धारणा राखेका थिए ।
View : 832
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved