विराटनगर । निरौला बन्धु सेवा समाज विराटनगर शाखाले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ६५ हजार ३ सय २५ रूपैयाँ सहयोग गरेको छ ।
समाजका अध्यक्ष नीलम निरौला, उपाध्यक्ष तारा निरौला, महासचिव धरणी निरौला, पूर्व अध्यक्ष तीर्थराज निरौला लगायतको टोलीले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई सो सहयोग रकमको भौचर हस्तान्तरण गरेको हो ।
समाजमा आवद्धमा निरौला बन्धुहरूबाट रकम संकलन गरी राहत कोषमा पठाइएको अध्यक्ष नीलम निरौलाले जानकारी दिए ।
View : 56
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved