Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

त्रिकोणात्मक ट्वान्टी २० शृङ्खला

उपाधिको दाबेदार नेपाल नेदरल्यान्ड्सविरुद्ध खेल्दै

उद्‌घोष सम्वाददाता
२२ फागुन २०८०, मङ्गलवार

विराटनगर । नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजको उपाधिको दाबेदार नेपालले आज अन्तिम खेल नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालले हजारौं घरेलु दर्शकहरुको हौसलापूर्ण साथ पाएर खेल्नेछ । खेल विहान साढे ११ बजेदेखि सुरु हुँदैछ ।

नेपालमा भएको टी-२० सिरिजको लिग चरणमा सबै टिमको चार-चार खेल खेल्दा नेदरल्यान्ड्स अंक तालिकामा अगाडि छ । 

चार खेलबाट पाँच अंक जोडेको उसले चार अंक जोडेको नेपालसँग फाइनल खेल्दैछ लिग चरणका खेलमा भने नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो ।

तर पछिल्लो खेलमा ६ विकेटले जितेको थियो ।

View : 262

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved