विराटनगर । उपभोक्ता जागरण अभियान नेपालको तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि पुनः कृष्णप्रसाद भण्डारी मार्सेलीलाई अध्यक्षमा चयन गरेको छ ।
शनिबार झापामा सम्पन्न तेस्रो साधारणसभा तथा राष्ट्रिय अधिवेशनले मार्सेलीको नेतृत्वमा १७ सदस्यीय समिति गठन गरेको हो ।
कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री एकराज गिरीको प्रमुख आतिथ्यमा भएको साधारणसभाबाट गठित समितिको उपाध्यक्षत्रयमा सुशीलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहितकुमार दाहाल (पत्रकार) छन् । महासचिवमा चिन्तामणि पराजुली, सचिवद्वयमा शान्ता घिमिरे र रामजनक कटवाल (अधिवक्ता), सहसचिव बद्रीबिशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चौलागाई छन् ।
समितिको सदस्यहरुमा लक्ष्मण थापा (पूर्व प्रजिअ), सहदेवप्रसाद बाँस्तोला (पूर्व न्यायाधीश), मणिकुमार अर्ज्याल, यज्ञ शर्मा (पत्रकार), मोहनकाजी न्यौपाने (पत्रकार), नीलकण्ठ तिवारी, मुरारी वस्ती (पूर्व प्रजिअ) र प्रेमप्रसाद घिमिर (पूर्व स्थानीय विकास अधिकारी) छन् ।
View : 98
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved