विराटनगर । आगामी आर्थिक वर्ष २०८१–८२ को बार्षिक बजेट दलितमैत्री हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । दलित महिला संघ कोशी प्रदेश समितिको आयोजनामा विराटनगरमा आयोजित आगामी आव २०८१–८२ को नीति, कार्यक्रम र बजेटमा दलित महिला विषयक प्रदेश स्तरीय अन्तरक्रियामा सहभागीहरूले उत्पीडनमा परेका समुदायका लागि बजेट सुनिश्चित गर्नुपर्ने बताए ।
कोशी प्रदेश सभाकी उपसभामुख सृजना दनुवारले नारा लगाएर मात्रै नहुने, शिक्षामा जोड दिनुपर्ने बताइन् । दलितमाथिको विभेद अन्त्यका लागि गैरदलितलाई पनि सचेतनाको जरूरी रहेको उनले धारणा राखिन् ।
आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरूङ (राम) ले विभेद विरूद्ध सवैले आवाज उठाउनु पर्ने बताइन् ।
संघकी अध्यक्ष पाण्डु परियारको अध्यक्षतामा भएको ऊक्त कार्यत्रममा कोशी प्रदेश सभामा नेकपा एमाले संसदीय दलकी सचेतक कमला दर्लान, नेकपा माओवादी केन्द्रकी सांसद सपना दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद गोपालबहादुर विश्वकर्मा लगायतको सहभागिता थियो ।
कार्यक्रममा दलित समुदायको अवस्था र दलितमैत्री बजेट निर्माणका लागि राज्यले गर्नुपर्ने प्रयासहरूबारे मोहनसिंह सुनारको प्रस्तुतीकरणमा सहभागीहरूले आफ्नो धारणा राखेका थिए ।
View : 466
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved