Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टमा चाडपर्व उत्सव

उद्घोष सम्वाददाता
२१ असोज २०८१, सोमवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आइतबार चाडपर्व उत्सव मनाइएको छ ।

बडादशैं, तिहार, नेपाल सम्बत, छठ तथा इदलगायतका विभिन्न धर्मावलम्बीहरूले मान्ने पर्वहरूको संस्कृति झल्किने गरी उत्सव मनाइएको हो ।

बाल मनस्थितिबाटै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जगाउनु पर्छ भन्ने उद्देश्यका साथ एभरेष्टले मन्टेश्वरी तहमा चाडपर्व उत्सव मनाएको हो । जहाँ प्ले ग्रुपदेखि कक्षा एकसम्मका बालबालिकाको सहभागिता र प्रस्तुति थियो ।

बालबालिकाले दशैं, तिहार र छठ लगायतका पर्वमा गाइने संगीतमा नृत्य प्रस्तुत गर्नेदेखि लिएर चाडपर्वका कथा अनुसारका प्रहसनसमेत प्रस्तुत गरका थिए ।

यस्तै दशैंमा पूजा गरिने नवदुर्गाको अवतारमा प्रस्तुत भएका बालिकाहरूले आ–आफ्नो स्वरूप अनुसारका दुर्गाको महिमा प्रस्तुत गरे भने तिहारमा खेलिने देउसी र भैलो खेलेर उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरे ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले विद्यालयले बाल्य अवस्थादेखि नै बुझाउन चाहे आ–आफनो संस्कृति र संस्कृति संस्कृतिबीचको सद्भाव बालबालिकाले बुझ्ने विश्वास ब्यक्त गरे ।

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved