विराटनगर । विराटनगर महानगरपालिकाले महानगरलाई मोतियाबिन्दु मुक्त नगर बनाउने लक्ष्यका साथ आँखा शिविर गर्न थालेको छ । विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोग लिएर विराटनगरलाई मोतियाबिन्दु मुक्त नगर बनाउने अभियानअन्तर्गत निःशुल्क आँखा शिविर थालनी गरिएको महानगरले जनाएको छ ।
सो अभियानअन्तर्गत महानगरले हरेक वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । शिविरबाट मोतियाबिन्दु पहिचान भएका बिरामीलाई विराटनगर आँखा अस्पतालले निःशुल्क शल्यक्रिया गर्नेछ ।
शिविरमा सामान्य समस्या झएकालाई औषधि र चस्मा वितरण गरिनेछ । शुक्रबार विराटनगर वडा नम्बर ९ बाट मोतियाबिन्दु मुत्त नगर बनाउने अभियान सुरु गरिएको छ ।
मेयर नागेश कोइरालाले आˆनो आँखा जाँच गराएर शिविरको शुभारम्भ गरेका थिए । उपचार अझावमा मोतियाबिन्दुको समस्या लिएर बस्न बाध्य महानगरवासीलाई निःशुल्क शल्यक्रिया गरेर मोतियाबिन्दु मुत्त बनाउने कार्य सुरु गरिएको मेयर कोइरालाले बताए ।
महानगरका १९ वटै वडामा शिविर सञ्चालन गरी आँखासम्बन्धी औषधि वितरण र मोतियाबिन्दु भएका बिरामीहरु पहिचान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।
आँखा शिविर सञ्चालन गर्ने र मोतियाबिन्दुको पहिचान भएका बिरामीहरुको निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धमा महानगर र विराटनगर आँखा अस्पतालबीच सम्झौतासमेत भएको छ ।
View : 126
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved