Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रथम कोशी इलाइट कप : अविजित मोरङ फाइनल प्रवेश

उद्‌घोष संवाददाता
१५ माघ २०८२, बिहिवार

विराटनगर । प्रथम कोशी इलाइट कप क्रिकट प्रतियोगितामा मोरङले विजयी यात्रालाई निरन्तरता दिंदै फाइनल प्रवेश गरेको छ ।

कोशी प्रादेशिक क्रिकट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता जारी छ । 

विहीबार भएको खेलमा झापालाई ४ विकेटले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । 

टस जितेर ब्याटिङ रोजेको झापाले निर्धारित ४३ ओभरको खेलमा ३३ दशमलव १ बलमा अलआउट भयो । झापाले अलआउटसम्मको यात्रामा जम्मा ८४ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो ।

झापाका सुजन थपलियाले २५ रन बनाउँदा एलिस मण्डलले २३ रनको योगदान दिए । 

मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा किफायती बलिङ गर्दै १ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिए । 

कप्तान दिपेश कँडेलले २ विकेट, फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रतिक पोखरेलले समान १–१ विकेट लिएका थिए ।

८५ रनको सामान्य लक्ष्य पछ्याएको मोरङले ३० दशमलव ५ बलमा ६ विकेट गुमाउँदै जीत आफ्नो पक्षमा पार्यो । 

मोरङका कप्तान दिपेश कँडेलले अविजित ३१ रन जोडे । पृतिक कामतले अविजित २९ रन बनाए । 

झापाका विपिनकुमार महतोले ३ विकेट लिंदा आयुस न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १–१ विकेट लिएका थिए ।

जितसँगै मोरङले आफ्ना दुई खेलबाट ४ अंक बटुलेको छ । शुक्रबार झापा र सुनसरीबीचको प्रतिष्पर्धाबाट विजयी टोलीले मोरङसँग फाइनल खेल्नेछ ।

View : 127

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved