Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दुई सय २५ किलोग्राम गाँजासहित दुई पक्राउ

उद्‌घोष संवाददाता
२ वैशाख २०८३, बुधवार

Advertisement

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारबाट दुई सय २५ किलोग्राम गाँजासहित दुईजनालाई पक्राउ गरिएको छ ।

मंगलबार राती करीव ९ बजेतिर गाँजा ओसार पसारमा संलग्न रहेका सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का बिशेस माझी र रोशन श्रेष्ठलाई को. ३० प ९४७५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरिएको जनाइएको छ ।

विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा बगाएर ढुवानी गर्ने बाँसको झाँक मुनि प्लास्टिकको नौ वटा बोरामा बाँधेर ल्याउँदै गरेको उक्त गाँजासहित माझी र श्रेष्ठ पक्राउ परेका हुन् ।

पक्राउ परेका दुबैजनामाथि अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

View : 99

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved