Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एभरेष्टका शिक्षकलाई तीनदिने अनुशिक्षण

उद्‌घोष संवाददाता
३१ जेठ २०८१, बिहिवार

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलले मन्टेश्वरीदेखि प्राथमिक तहका शिक्षक शिक्षिकालाई तीनदिने अनुशिक्षण तालिम दिएको छ । 

अनुशिक्षणमा सामाजिक भावनात्मक सिकाइ प्रक्रिया, प्रगतिउन्मुख मानसिकता र बालबालिकालाई कसरी सहयोग गर्ने भन्ने विषयमा रातो बंगला फाउण्डेसन ललितपुरका प्रशिक्षक मिदेश महर्जन र सदिक्षा बज्राचार्यले सहजीकरण गरेका हुन् ।

अनुशिक्षणमा ४५ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको विद्यालयका सहप्राचार्य नारायण कडरियाले बताए । एभरेष्ट एजुकेशन फाउण्डेसनले रातो बंगला फाउण्डेसनसँगको सहकार्यमा विगत तीन वर्षदेखि शिक्षण पद्धतिका विभिन्न क्षेत्रसँग सम्बन्धित विषयमा शिक्षक शिक्षिकाहरुलाई प्रशिक्षण दिंदै आएको एभरेष्ट स्कुलका प्राचार्य टीकाराम पुरीले बताए ।

‘समय सापेक्ष नवीन शिक्षण सिकाइ पद्धतिहरु अनुशरण गर्दै अघि बढ्नुपर्छ भन्ने हाम्रो बुझाइ हो’ पुरीले भने, ‘यही उद्देश्यका साथ एभरेष्टले गुणस्तरीय तथा व्यवहारिक शिक्षा प्रदान गर्न लागि रातो बंगला फाउण्डेसन, कारखाना, बेलायतको डीजी स्कुललगायतसँग सहकार्य गरिरहेको छ ।’

एभरेष्टले केही बर्षयता भारतको नयाँदिल्लीको शैक्षिक विकासको क्षेत्रमा सफल अभ्यासका रुपमा प्रयोगमा ल्याइएको खुशी पाठ्यक्रम तथा नैतिक शिक्षाका बारेमा समेत विद्यार्थीहरुलाई प्रशिक्षण गर्दै आएको जनाइएको छ ।

View : 356

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved