Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

प्रतिष्ठानको सहयोगमा रानीमा कम्बल वितरण

उद्‌घोष सम्वाददाता
१४ पुष २०८१, आइतवार

विराटनगर । सामुदायिक सेवा केन्द्र रानीले विराटनगरका दक्षिणी क्षेत्रका वडाका विपन्न वस्तीमा जाडोको कम्बल वितरण गरेको छ ।

केन्द्रले रानी क्षेत्रका विपन्न, अपाङता भएका व्यक्ति, एकल महिला सहित ज्येष्ठ नागरिकसहित २ सय २५ जनालाई कम्बल वितरण गरेको आयोजक संस्थाका सचिव अर्जुन क्षेत्रीले जानकारी दिए ।

कोशी प्रदेशका प्रहरी प्रमुख डिआईजी राजन अधिकारी र आयोजक संस्थाका अध्यक्ष किशोर सुब्बा लगायतले प्रति व्यक्ति एक थान कम्बल, चाउचाउ र लुगाधुने साबुन प्रदान गरे ।

आयोजक संस्थाले विराटनगरस्थित समित सारडा स्मृति प्रतिष्ठानसँग सहकार्य गर्दै कम्बल सहितका सामाग्री वितरण गरेको हो । 

संस्थाले २०७४ सालयता जाडोको मौसममा निरन्तर कम्बल वितरण गर्दै आएको आयोजक संस्थाका अध्यक्ष किशोर सुब्बाले जानकारी दिए । 

सो अवसरमा समित सारडा स्मृति प्रतिष्ठानका अध्यक्ष श्रीनिवास सारडा, विराटनगर १५ का वडाध्यक्ष प्रकाश साह, १६ का वडाध्यक्ष उद्धव भुजेल र दुर्गा मन्दिर समितिका अध्यक्ष गोपालप्रसाद साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

View : 111

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved