विराटनगर । न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पतालको २४औं बार्षिकोत्सवका अवसरमा अस्पतालले सो अस्पतालमा भर्ना भएका बिरामीहरू तथा बिरामीका कुरूवाहरूलाई फलफूल तथा खाजा बितरण गरेको छ ।
सो अवसरमा अस्पतालमा कार्यरत २४ जना कर्मचारीलाई बिशेष कदरपत्र प्रदान गरेको छ । सम्मानित कर्मचारीहरूलाई अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा वीरेन्द्रकुमार बिष्ट, कार्यकारी निर्देशक डा अनिशा बिष्ट, मेडिकल निर्देशक तथा वरिष्ठ फिजिसियन डा. विवेक कट्टेलले प्रमाणपक्र बितरण गरेका थिए ।
सो कार्यत्रममा बोल्दै अस्पतालका कार्यकारी निर्देशक डा अनिशा विष्टले अस्पतालले बिरामीहरूको स्वास्थ्य र कल्याणलाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको बताइन् ।
आफ्नो बार्षिकोत्सवको अवसर पारेर अस्पतालले टाउको दुखाइको बिरामीहरूका लागि भदौ ९ गते आइतबारदेखि भदौ १४ गतेसम्म बरिष्ठ बिशेषज्ञ न्युरोलोजिष्ट डा वीरेन्द्रकुमार बिष्ट तथा बिशेषज्ञ न्युरोलोजिष्ट डा सुनन्द पौडेलको बहिरङ सेवा (ओपीडी) निःशुल्क गरेको जनाएको छ । सोही अवधिभर २४ वटा बिशेष जाँचमा २४ प्रतिशत छुटको व्यवस्था पनि गरेको छ ।
नेपालमै पहिलो पटक स्नायूसम्वन्धी (न्युरोलोजी) सेवा प्रदान गर्ने अस्पतालको रूपमा प्रख्यात न्यूरोले बार्षिकोत्सवकै अवसर पारेर एक हप्तासम्म घरदैलो कार्यक्रम गर्ने समेत जनाएको छ ।
अस्पताल अवस्थित विराटनगर वडा नं १० को घर घर गई न्युरो अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा छुट सहितको कार्ड बितरण गर्ने जनाएको छ ।
View : 167
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved