Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

मन्त्रिपरिषद् बैठक

कानेपोखरीको केन्द्र भौंसाबारीमा सार्न प्रदेश सरकारको सिफारिस

उद्घोष सम्वाददाता
१ फागुन २०८०, मङ्गलवार

विराटनगर । कोशी प्रदेश सरकारले मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र वडा नम्बर ५ स्थित भौंसाबारीमा सार्नका लागि संघ सरकारलाई सिफारिस गरेको छ ।

गाउँपालिकको गाउँसभाको दुई तिहाई बहुमतले वडा नं. ६ रमाइलोबाट वडा नं ५ भौंसाबारीमा पालिकाको केन्द्र सार्न गरेको सिफारिस अनुसार प्रदेश सरकारले निर्णय गरेर संघमा सिफारिस गरेको जनाइएको छ ।

सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले कानेपोखरी गाउँपालिकाको प्रशासकीय भवन वडा नं ५ मा सार्न संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले जानकारी दिए ।

गाउँपालिकाको केन्द्र सार्ने निर्णय कार्यान्वयन गर्न अदालतबाट समेत फैसला आएको भन्दै प्रदेश सरकारले सिफारिस गरेको उनले बताए । 

मन्त्रिपरिषद बैठकले खोटाङको बराह पोखरी गाउँपालिकाको नाम परिवर्तन गरेर बाराहापोखरी गाउँपालिका कायम गर्न संघीय सरकारलाई सिफारिस गरेको छ । गाउँपालिकाले गरेको निर्णय र सिफारिसका आधारमा नाम परिवर्तन गर्न सिफारिस गरिएको सरकारका प्रवक्ता राईले बताए ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश निजामति किताबखाना निर्देशिका २०८० स्वीकृत गरेको जनाइएको छ । 

आर्थिक मामिला तथा योजना मन्त्रालय अन्तरगत आर्थिक वर्ष २०८१/०८१ का लागि समपुरक र विशेष अनुदानसम्बन्धी बिषयमा समेत प्रदेश सरकारले आवश्यक निर्णय गरेको जनाइएको छ ।

View : 360

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved