विराटनगर । विराटनगरको अग्रणी साहित्य संस्था विराट साहित्य सङ्गमको २३३ औं साहित्यिक श्रृङ्खलामा स्रष्टाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
शनिबार भएको कार्यक्रमा दिनेश पाण्डे (नुवाकोट) लाई वैजनाथ–यमुनादेवी भट्टराई स्मृति पुरस्कार, महिमा पाण्डेलाई राधादेवी दाहाल स्मृति पुरस्कार र भूपाल अधिकारीलाई विराट साहित्य सङ्गम युवा प्रतिभा पुरस्कारबाट सम्मान गरिएको हो ।
पुरस्कृतहरुलाई साहित्यकार बलराम पोखरेल, सरला चापागाईँ र विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल लगायतले सम्मान गरेका थिए ।
सो अवसरमा विराट साहित्य सङ्गमको सम्पादन मण्डलमा रहेर महत्वपूर्ण योगदान गर्ने गोकुल ब्याकुल, गायत्री चापागाईं र हरिप्रसाद वराललाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा स्रष्टाहरु हरि कट्टेल, हरिप्रसाद वराल, बाबुराम पोखरेल, गोपाल निर्भीक, दिनेश पाण्डे लगायतले कविता बाचन गरेका थिए ।
शनिबार नै संगमको नयाँ कार्यसमिति चयन गरिएको छ । समितिको अध्यक्षमा मधु पोखरेल, उपाध्यक्षमा जीवन काफ्ले, सचिवमा गोपाल काफ्ले, सहसचिवमा भवानीप्रसाद पोखरेल र कोषाध्यक्षमा भीम कोइराला चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कविता चापागाई, हरिप्रसाद बराल, रामबाबु दाहाल, कविता केसरी,प्रिन्स प्रमोद ढकाल रहेका छन् । सो अवसरमा साहित्यिक पत्रिका संगम अभियानको १७२औं अंक लोकार्पण गरिएको थियो ।
View : 150
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved