Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

हरियाली सामुदायिक वनको साधारणसभा

उद्‌घोष संवाददाता
२८ असोज २०८२, मङ्गलवार

सुन्दरहरैंचा । हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

सभाको उद्घाटन गर्दै सुन्दरहरैंचा नगरपालिका–६ का वडाध्यक्ष सन्तोष लिङदेनले सामुदायिक वनले स्थानीय स्तरमा वन संरक्षण, वातावरणीय सन्तुलन र जनजीविकाको सुधारमा खेलेको भूमिकाको प्रशंसा गरे । 

समूहका अध्यक्ष महेश राईले सामुदायिक वनको संरक्षण, व्यवस्थापन र उपभोक्ताको हितमा समूह निरन्तर सक्रिय रहेको बताए । 

उनले आर्थिक वर्ष २०८१÷०८२ को प्रतिवेदन  बुदागत रूपमा प्रस्तुत गरेका थिए । 

अध्यक्ष राईले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि कार्ययोजनासमेत प्रस्तुत गरेका थिए । 

कार्ययोजनामा खाली ठाउँमा वृक्षारोपण, चोरी–शिकारी नियन्त्रण, सीपमूलक तालिम सञ्चालन, पर्यटकीय टहरा निर्माण, लाठ्रा गोडमेल, पोखरी सफाइ र सिमसार संरक्षण, बिग्रिएका रुखहरूको कटानी तथा उपभोक्तालाई वितरण, र हात्ती आतंक न्यूनीकरणका लागि पोखरी निर्माण जस्ता योजना समावेश छन् ।

View : 455

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved