विराटनगर । महिला उद्यमी संघ मोरङको ९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा मोरङका महिला उद्यमीहरूको उद्यमिक यात्राको समीक्षा गर्दै हालसम्म हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरिएको थियो । संस्थामा उल्लेखनीय योगदान पुर्याएका उद्यमीहरूलाई सम्मान समेत गरिएको थियो ।
सभामा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम तथा कार्ययोजनाबारे छलफल गरिएको थियो । सभामा एकता, नेतृत्व र महिला उद्यमशीलतालाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघकी अध्यक्ष कृति श्रेष्ठ उपाध्यायले महिला उद्यमशीलता क्षेत्रलाई थप सशक्त बनाउनु आजको आवश्यकता भएको उल्लेख गरिन् ।
उनले महिलाहरूलाई उद्यममा सक्रिय, आत्मनिर्भर र प्रतिस्पर्धी बनाउन संघ निरन्तर क्रियाशील रहने बताइन् । सो अवसरमा उद्यम क्षेत्रमा सक्रिय र प्रेरणादायी महिला उद्यमीलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
यस क्रममा संस्थालाई सुरुवात देखिनै योगदान पुर्याउँदै आएकी उद्यमी तुलसा भट्टराईलाई उत्कृष्ट उद्यमी पुरस्कारले सम्मान गरिएको थियो ।
यस्तै प्रोत्साहान स्वरुप अन्य १५ जना उद्यमीहरुलाई सम्मान गरिएको छ ।
महिला उद्यमी संघ मोरङले उद्यमीहरूलाई प्रत्यक्ष फाइदा पुग्ने तथा नवउद्यमी (स्टार्टअप) लाई हौसला दिने उद्देश्यसहित विभिन्न तालिम, सहजीकरण तथा प्रवद्र्धनात्मक गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ ।
साथै महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यले विराटनगरमा ग्यालरी सञ्चालनमा ल्याएको छ भने समय–समयमा मेला तथा प्रदर्शनीसमेत आयोजना गर्दै आएको छ ।
यसैबीच, महिला उद्यमी संघ नेपालको २२औं वार्षिक साधारणसभाको अवसरमा मोरङ च्याप्टरले प्रथम स्थान हासिल गर्दै उत्कृष्ट जिल्ला च्याप्टरको रूपमा सम्मान प्राप्त गर्न सफल भएको जानकारी दिइएको थियो ।
View : 115
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved