विराटनगर । संस्थागत विद्यालयतर्फ सँधै उत्कृष्ट नतिजा हाँसिल गर्दै आएको विराटनगरको एभरेष्ट माविले २०८१ को एसईई परीक्षामा पनि उत्कृष्टतालाई कायमै राखेको छ ।
शुक्रबार साँझ प्रकासित नतिजा अनुसार एभरेष्ट माविका दुई विद्यार्थीले २०८१ को एसईई परीक्षामा सर्वोत्कृष्ट ४ जीपीए प्राप्त गर्दै उतिर्ण भएका छन् ।
विद्यार्थीहरू प्रेम खतिवडा र कृति गोयलले ४ जीपीए हाँसिल गरेको हुन् ।
विद्यालयका अनुसार १७१ जना विद्यार्थीले परीक्षा दिएकोमा १३३ जना विद्यार्थीले ३.६१ जीपीए प्राप्त गरेको जनाइएको छ । त्यस्तै ३८ जनाले ३.२१ देखि ३.६० जीपीए प्राप्त गरेका हुन् ।
एभरेष्टबाट २०८० को एसईईमा तीन जना विद्यार्थीले जीपीए ४ प्राप्त गरेका थिए ।
View : 609
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved