विराटनगर । विराटनगर–११ स्थित जेष्ठ नागरिक वडा कार्यसमिति (जेष्ठ नागरिक मिलन केन्द्र)ले आयोजना गरेको भजन कीर्तन प्रतियोगितामा सयपत्री महिला सेवा केन्द्र प्रथम भएको छ ।
प्रथम भएको समूहले ५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै मानव धर्म दुर्गा मन्दिर दोस्रो हुँदै ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।
शुभलक्ष्मी भजन किर्तन समूह तेस्रो हुँदै २ हजार नगद, चौथो हुने विहानीपथ भजन किर्तन समूहले एक हजार र पाँचौ हुने लक्ष्मीनारायण भजन किर्तन समूहले एक हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
विजयी हुने समूहहरूलाई विराटनगर–११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, जेष्ठ नागरिक वडा कार्यसमितिका अध्यक्ष अर्जुनकुमार भट्टराई,सचिव इन्द्रप्रसाद खतिवडाले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा विराटनगर –११ का २२ वटा भजन किर्तन समूहहरू सहभागी थिए ।
View : 304
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved