Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपाल प्रहरीको रासन सुविधामा १० प्रतिशत वृद्धि हुने

उद्‌घोष संवाददाता
१६ माघ २०८२, शुक्रवार

विराटनगर । सरकारले नेपाल प्रहरीका कर्मचारीलाई उपलब्ध गराइँदै आएको रासन सुविधामा वृद्धि गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न मन्त्रिपरिषद् बैठकले रासन मान तथा दैनिक भत्तासम्बन्धी व्यवस्था परिमार्जन गर्दै वृद्धि गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले सो निर्णय आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन् ।

हालका लागि रासन रकम कति बढाइने भन्ने विवरण सार्वजनिक गरिएको छैन ।

सम्बन्धित निकायबाट आवश्यक प्रक्रिया पूरा भएपछि संशोधित व्यवस्था लागू हुने सरकारको भनाइ छ । प्रहरी स्रोतका अनुसार अहिले खाईपाई आएको रासनमा करीव १० प्रतिशत बढ्ने जनाइएको छ ।

View : 479

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved