Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

सूचना चलखेलबारे अन्तरक्रिया

उद्‌घोष सम्वाददाता
१८ मंसिर २०८०, सोमवार

विराटनगर : मिथ्या सूचना प्रवाहले पार्न सक्ने प्रभावबारे सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको छ । सूचना चलखेलबाट प्राप्त हुने हानीबारे अनुसन्धानरत मिडिया अनुसन्धान केन्द्र (सीएमआर) नेपालको आयोजनामा आइतबार विराटनगरमा छलफल गरिएको हो ।

सूचनाको चलखेलका कारण लोकतन्त्रको सवलिकरणमा समेत गम्भीर असर पर्न सक्नेतर्फ राजनीतिक दल, नागरिक समाज, सञ्चारक्षेत्र, निजी क्षेत्र लगायतका सरोकारवालाहरु सचेत हुनुपर्ने जनाइएको थियो ।

अन्तरक्रियामा सीएमआर नेपालका कार्यकारी निर्देशक एवं मिडियाविज्ञ तिलक पाठकले प्रस्तुतिकरणमार्फत मिथ्या तथा भ्रामक सूचनाको असर र प्रभावबारे जानकारी गराएका थिए । 

त्यसैगरी इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्यूट (आईआरआई) का नेपाल प्रमुख युवराज आचार्यले नेपालको लोकतान्त्रिक फ्रक्रियामा सूचनाको चलखेलको असरबारे जानकारी गराए । कार्यत्रममा कोशी प्रदेश सभाका सदस्यहरु, सञ्चारकर्मी, नागरिक संस्था, निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

View : 231

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved