Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

बीपी प्रतिष्ठानको सेवा प्रभावकारी बनाउन गुनासो सुनुवाई समिति गठन

उक्त समितिमार्फत सेवा प्रवाहसँग सम्बन्धित गुनासोलाई सरल र प्रभावकारी रुपमा समाधान गर्न समितिले काम गर्ने जनाइएको छ । प्रतिष्ठानका मनोरोग विभाग नर्सिङ विभागकी प्रा समी लामा, शरीर विज्ञान विभागका प्रमुख प्राडा सरुन कोइराला, जनस्वास्थ्य दन्त विभागका इञ्चार्ज डा ताराकान्त भगत र प्रतिष्ठानका अस्पतालका  सहनिर्देशक डा इन्द्र लिम्बू समितिको सदस्य रहेका छन् ।
उद्‌घोष संवाददाता
७ असोज २०८२, मङ्गलवार

विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदान गर्दै आएको सेवा सुविधालाई अझ चुस्तदुरुस्त र प्रभावकारी बनाउन सुझाव तथा गुनासो सुनुवाई समिति गठन गरेको छ । 

प्रतिष्ठानका एनेस्थेसियोलोजी विभागका प्राडा बालकृष्ण भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो । 

उक्त समितिमार्फत सेवा प्रवाहसँग सम्बन्धित गुनासोलाई सरल र प्रभावकारी रुपमा समाधान गर्न समितिले काम गर्ने जनाइएको छ ।

प्रतिष्ठानका मनोरोग विभाग नर्सिङ विभागकी प्रा समी लामा, शरीर विज्ञान विभागका प्रमुख प्राडा सरुन कोइराला, जनस्वास्थ्य दन्त विभागका इञ्चार्ज डा ताराकान्त भगत र प्रतिष्ठानका अस्पतालका  सहनिर्देशक डा इन्द्र लिम्बू समितिको सदस्य रहेका छन् ।

प्रतिष्ठानमा सार्वजनिक विदाको दिन बाहेक सर्वसाधारणले आफ्नो गुनासो तथा सुझावहरू लिखित रुपमा कार्यालय समयभित्र उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा रहेको उक्त समितिको कक्षमा बुझाउन सक्ने जनाइएको छ । 

समितिले महिनाको पहिलो, दोस्रो र तेस्रो आइतबार दिउँसो ४ देखि ५ बजेका बीच उपकुलपतिको बैठक कक्षमा बसी सुझाव तथा गुनासोमाथि छलफल र विश्लषण गर्ने प्रतिष्ठानका प्रवक्ता प्राडा अञ्जु प्रधानले बताइन् ।

उनले कसैलाई आफैं उपस्थित भएर गुनासो राख्न आवश्यक रहेको अवस्थामा समेत उपकुलपति कार्यालयको बैठक कक्षमा उपस्थित भई गुनासो राख्न सकिने उनले जानकारी दिइन् । 

प्राप्त सुझाव तथा गुनासोमा ठहर भएका विषयलाई उपकुलपति समक्ष पेश गरिने र समाधानका लागि प्रतिष्ठानले आवश्यक पहल गर्ने जनाइएको छ । 

प्रतिष्ठानले हाल रेडियोलोजी, अपरेशन थिएटर, विभिन्न प्रोसिजरल (निश्चित) सेवालाई अपोइन्टमेन्ट (तत्काल) र नियमित प्रणालीमार्फत सञ्चालन गर्दै आएको छ । 

तर सेवा प्रवाहका क्रममा विरामीहरूले लामो समयसम्म लाममा बस्नुपर्ने, कतिपय अवस्थामा विवाद हुने, सेवामा ढिलाइ हुने र तथ्याङ्क संकलन तथा व्यवस्थापनमा कठिनाई हुने समस्या रहेका छन् । 

प्रतिष्ठानले यस्ता समस्याको न्यूनीकरणका लागि प्रतिष्ठानका सूचना अधिकृत समक्षसमेत जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेको छ । 

प्रतिष्ठानमा शुल्क तिरेको बील बिना पनि बिचौलियाहरूले परीक्षणहरू गराउने गरेको जानकारी आएको भन्दै त्यसमा कडाई गर्ने तयारी गरेको प्रवक्ता प्रधानले बताइन् ।

View : 183

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved