Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

क्यानाडाबाट नेपाल आएका बालकको न्यूरो अस्पतालमा सफल उपचार

उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

विराटनगर । क्यानाडाबाट नेपालमा रहेका आफन्त र बुबा–आमालाई भेट्ने ठूलो उत्साहका साथ उप्रेती परिवार झापाको दमक आइपुगेको थियो । 

दमकमा रहँदा जुम्ल्याहा छोरामध्ये एकको कानमा समस्या देखिएपछि परिवारले उनलाई नजिकैको अस्पताल लैजाने तयारी गर्दै थिए ।

तर, सोही क्रममा सडकमा अचानक एक अनियन्त्रित मोटरसाइकलले बालकलाई ठक्कर दियो । त्यो एक क्षणले परिवारको सारा खुसीलाई शोकमा बदल्यो । 

बालक गम्भीर घाइते भए र उनको अवस्था यति नाजुक थियो कि परिवारले आशा मारिसकेका थिए । मृत्युसँग लडिरहेका छोरालाई लिएर उप्रेती परिवार तुरुन्तै विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल पुग्यो ।

अस्पतालको आकस्मिक कक्षमा ल्याइपु¥याउँदा बालकको अवस्था अत्यन्तै चिन्ताजनक थियो । तर, न्यूरो अस्पतालको दक्ष आकस्मिक टोलीले तुरुन्तै उपचार प्रक्रिया सुरु गर्यो । 

बाँच्ने सम्भावना निकै न्यून भएपनि वरिष्ठ न्यूरो सर्जन डा. सुनिलकुमार दासको नेतृत्वको चिकित्सकहरूको टोलीले हार नमानी बालकको स्वास्थ्य स्थिर बनाउन अहोरात्र खटिए ।

३१ दिनसम्म चिकित्सक, नर्स र क्रिटिकल केयर युनिटको अथक प्रयास, आधुनिक प्रविधि र उचित हेरचाहले बिस्तारै चमत्कार देखिन थाल्यो । मृत्युको मुखमा पुगेका ती बालकले नया“ जीवन पाएका छन् ।

आफ्नो छोरा निको भएर घर फर्कन लाग्दा उप्रेती परिवारको खुसीको सीमा रहेन । 

अस्पताल प्रशासन र चिकित्सक टोलीसँग कुरा गर्दै बालककी आमाले गहभरी आँसु पार्दै भनिन्, मैले त यो सन्तानलाई केवल जन्म मात्र दिएकी थिएँ, तर आज तपाईंहरूले मेरो छोरालाई पुनर्जन्म दिनुभयो ।

उपचारमा संलग्न चिकित्सक र सम्पूर्ण मेडिकल टोलीप्रति कृतज्ञता व्यक्त गर्दै परिवारले मायाको चिनोसमेत प्रदान गरेको छ ।

View : 100

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved