Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

पतञ्जली योग विराटनगरको अध्यक्षमा माधव अधिकारी

उद्‌घोष संवाददाता
५ भदौ २०८२, बिहिवार

विराटनगर । पतञ्जली योग विराटनगर महानगर समितिको पुरुषतर्फको अध्यक्षमा माधव अधिकारी निर्विरोध चयन भएका छन् ।

बिहीबार विराटनगर-३ स्थित परोपकार सामुदायिक भवनमा योग शिक्षकहरूको बृहत भेलाले ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो। यो समिति मोरङ जिल्लामा नै पहिलो पटक गठन भएको पालिकास्तरीय पुरुष समिति हो।

नवनिर्वाचित समितिको महासचिवमा धनबहादुर (डीबी) बस्नेत, संगठन सचिवमा चुडामणि घिमिरे (गोपाल), कोषाध्यक्षमा शिवप्रसाद आचार्य र सचिवमा चक्रप्रसाद लुइटेल रहेका छन् ।

त्यस्तै, मिडिया प्रभारीमा आकाश अग्रवाल र प्रशिक्षण विभागको अध्यक्षमा तेजराज कोइराला चयन भएका छन् ।

समितिका अन्य सदस्यहरूमा रामप्रसाद कोइराला, शिवराज शिवाकोटी, लक्ष्मण सोनी र रामनारायण चौधरी छन् । भेलाले उपाध्यक्षसहित केही सदस्यहरू पछि थप गरी समितिलाई पूर्णता दिने सहमति गरेको छ । 

ज्येष्ठ सदस्य प्रेमप्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा पतञ्जली योग समिति मोरङ जिल्ला अध्यक्ष सुरेशकुमार अग्रवाल, पूर्व अध्यक्ष ध्रुव तामाङ, महिला पतञ्जली योग विराटनगर महानगर समिति अध्यक्ष कुमारी तामाङ लगायतले पतञ्जली योग नेपालको निर्देशिकाअनुसार यो समिति गठन गरिएको जानकारी दिए ।

नव-निर्वाचित अध्यक्ष अधिकारीले सबैलाई समेटेर अगाडि बढ्ने र समितिलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यस नयाँ नेतृत्वले विराटनगरमा योगको प्रचारप्रसार र अभ्यासलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।

अध्यक्ष माधव अधिकारी वि.सं. २०७५ सालमा पतञ्जली योगपीठ हरिद्वारबाट योग प्रशिक्षकका रूपमा दीक्षित भएका  हुन् । हाल उनी विराटनगर-११ स्थित ज्येष्ठ नागरिक योग ध्यान केन्द्रमा आबद्ध भई योग प्रशिक्षण दिँदै आइरहेका छन् ।

View : 868

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved