Biratnagar, Morang, Nepal
१८ मंसिर २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

बाढीमा परेर मृत्यु भएका किशोरको परिवारलाई राहतस्वरूप दुई लाख प्रदान

उद्घोष सम्वाददाता
२१ असोज २०८१, सोमवार

महोत्तरी, २१ असोज । यही असोज १२ गतेको बाढीमा परेर ज्यान गुमाएका महोत्तरीको गौशाला नगरपालिका-८ का १६ वर्षीय किशोर रोहित साहको परिवारलाई  दुई लाख राह प्रदान गरिएको छ ।

जिल्ला विपद् व्यस्थापन समितिका तर्फबाट प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मृतकका बुवा नारायण साहलाई घरमै पुगेर  दुई लाख प्रदान गरेका हुन् ।

यही असोज १२ गते दिउँसो अविरल वर्षापछि वडा नं ८ भएर बग्ने सोनी नदीको बाढी हेर्न गएका बेला रोहितलाई बाढीले बगाएकामा करिब चार घण्टापछि साढे तीन किलोमिटर तल उनको शव भेटिएको थियो । रासस

View : 90

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved