Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

गाउँ छिरेका जंगली हात्तीको आक्रमणबाट ६० वर्षीय घिमिरेको गयो ज्यान

उद्‌घोष संवाददाता
२८ मंसिर २०८२, आइतवार

सुन्दरहरैंचा । मोेरङको सुन्दरहरैंचा–१२ खोर्सानेमा जंगली हात्तीको आक्रमणबाट ६० वर्षीय भबकृष्ण घिमिरेको शनिबार बिहान मृत्यु भएको छ ।

दूध  पुर्याउनने क्रममा जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै घिमिरेको ज्यान गएको उल्लेख गरिएको छ । घटनापछि स्थानीयवासी त्रसित बनेका छन् । 

सुरक्षाका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको छ । वन कार्यालय र प्रहरीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा सुरक्षा व्यवस्था मिलाएको छ ।

सुन्दरहरैंचामा विगत वर्षमा पनि जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति भएको थियो । सबैजना सुरक्षित र सतर्क रहन अनुरोध गरिएको छ । 

यस वर्ष पनि सुन्दरहरैंचा, बेलबारी, केराबारी, लेटाङलगायतका पालिकामा जंगली हात्तीको त्रास बढेको छ । बिहान बेलुका हिंडडुल गर्दा सजग रहन अनुरोध गरिएको छ ।

यसैबीच, उदयपुरमा पनि जंगली हात्तीले घर भत्काएर आतंकित बनाएको छ । 

हात्तीको समुह नै गाउँ प्रवेश गरेर राती घर भत्काइदिन थालेपछि मानिसहरू जाग्राम बसेका छन् ।

घर भत्काउनेदेखि घरभित्र रहेको धान, मकै लगायत अन्नपात खाने र नष्ट गरिदिने गरेको छ । 

गत असारयता उदयपुरको बेलका नगरपालिकामा ७ वटा र चौदण्डीगढी नगरपालिकामा ६ वटा घरमा क्षति पुर्याएको छ । ११ लाख ३ हजार रुपैयाँ बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शुक्रबार राती जंगली हात्तीले चौदण्डीगढी नगरपालिका–१० का अमृत अधिकारीको घरको टाटी भत्काउनुका साथै धान लगायतका अन्नपात क्षति गरेको छ । उनको करीव ५० हजार रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । 

बिहिबार राती चौदण्डीगढी–९ का पर्शुराम हुजदारको १५ हजार बराबरको धान जंगली हातीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

View : 204

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved