Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

मेसिनमा चेपिएर कामदारको मृत्यु

उद्‌घोष सम्वाददाता
२८ कार्तिक २०८०, मङ्गलवार

सुनसरी, २८  कार्तिक : सुनसरीको दुहबी ननरपालिका-३ सोनापुरस्थित प्रिमियम अर्ग्यानिक बिअर फ्याक्ट्रीमा मेसिनमा चेपिएर एक कामदारको मृत्यु भएको छ ।

सोमबार बेलुका करो साढे ५ बजेतिर स्थानीय १८ बर्षिय प्रमोद सरदारको फ्याक्ट्रीमा काम गर्ने क्रममा मेसिनको बेल्टमा चेपिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी पाउनासाथ खटिएको इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टम गर्न कोशी अस्पताल विराटनगर पठाएको जनाइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि जनाइएको छ ।

View : 318

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved