Biratnagar, Morang, Nepal
५ असोज २०८३, सोमवार
+977 21 450305, 515728, 578305
समाज

ताप्लेजुङको मेरिङदेनमा सात दिनमा सात घर जले

उद्‌घोष संवाददाता
७ चैत २०८०, बुधवार

सांकेतिक तस्वीर ।

Advertisement

ताप्लेजुङ । ताप्लेजुङमा बितेका सात दिनमा सातवटा घर जलेका छन् । पछिल्लो विवरण अनुसार मङ्गलबार भएको आगालागीमा दुईवटा घर जलेका हुन् । 

मेरिङदेन गाउँपालिका-२ का हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा  आगलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुईवटा घरमा रहेक नगद,  खाद्यान्न,  लत्ताकपडालगायत जलेर नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् ।

जिल्लाका केही वनमा पनि आगो फैलिएको जनाइएको छ । वनको डढेलो घरमा सल्किएर एक हप्ताभित्रै सातवटा घर जलिसकेको प्रहरीले जनाएको छ ।

View : 930

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved